काठमाडौं – नेपाल प्रीमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा काठमाडौं गुर्खाजलाई सुदूरपश्चिम रोयल्सले पराजित गरेको छ ।
बिहीबार कीर्तिपुर स्थित्र त्रि.वि क्रिकेट मैदानमा भएको खेलमा सुदूरपश्चिमले काठमाडौंलाई ७३ रनले पराजित गर्दै लगातार दोस्रो जित हात पारेको हो ।
जितका लागि सुदूरपश्चिमले दिएको १ सय ६८ रनको लक्ष्य पछ्याएको काठमाडौं गुर्खाज १५.४ ओभरमा सबै विकेट गुमाएर ९४ रनमै राकियो ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा खेल्दै ६ विकेट गुमाएर १ सय ६७ रन बनाएको थियो ।
यसअघि मंगलबार भएको खेलमा सुदूरपश्चिम रोयल्सले विराटनगर किङ्ग्सलाई ९० रनले पराजित गरेको थियो ।