रोटरी उदय कुमार चमेली पिया स्पाईनल इन्जुरी रिह्याव सेन्टर हस्तान्तरण

एटुजेड समाचार

चितवन – नारायणगढ न्युरोड स्थित नव निर्मित “रोटरी उदय कुमार चमेलीदेबि पिया स्पाईनल इन्जुरी रिह्याव सेन्टर” हस्तान्तरण गरिएको छ । दाता उदय कुमार पिया र वहाको परिवार डा. मदन पिया लगायतको लगानीमा नवनिर्मित उक्त सेन्टरको भवन मंगलबार एक औपचारिक कार्यक्रमका विच रोटरी क्लव अफ चितवनलाई हस्तान्तरण गरिएको हो ।

मेरुदण्ड पक्षघात भै लामो समय सम्म फिजिओथेरपी लगायत का उपचार गर्नुपर्ने बिरामिका लागि उक्त सेन्टरले सेवा दिनेछ ।नेपाल मै सागा पछिको यो दोस्रो रहेको र २५ जना बिरामिलाइ सेवा दिन सक्ने सुबिधा रहेको छ । निकट भबिस्यमा नै सेवा सुरु गर्ने जानकारी रोटरी क्लब चितवनका अध्यक्ष भानु शर्माले जानकारि दिएका छन्  ।

रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ नेपाल भुटानका पुर्व डिष्ट्रिक गभर्नर, रोटरी क्लव अफ चितवनका पुर्व अध्यक्ष तथा उदय कुमार चमेली पिया स्पाईनल इन्जुरी रिह्याव सेन्टरका संयोजक रो. रबिन्द्र पियाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भरतपुर महानगरपालिका ३ नम्बर वडा अध्यक्ष विकास थापा प्रमुख अतिथी रहेका थिए ।

रोटरी क्लव अफ चितवनका अध्यक्ष भानु शर्माले स्वागत मन्तव्य दिएका उक्त  कार्यक्रममा रोटरी डिष्ट्रिकका एसिस्टेण्ड गभर्नर हरि प्रसाद सुवेदी, रोटरी क्लव अफ चितवनका पुर्व अध्यक्ष उत्तमलाल चुकेलगायतले बोलेका थिए । सेन्टरका सचिब रोटरी क्लबका उपाध्यक्ष रो. राजन पियाले कार्यक्रम  संचालन गरेका थिए भने दाताको तर्फबाट डा. मदन पियाले मन्तव्य राखेका थिए ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू