सरकारी वकिलको कार्यालयमा रविको बयान जारी

एटुजेड समाचार

काठमाडौं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बयान जारी छ । 

उनलाई आज बिहान बयानका लागि सरकारी वकिलको कार्यालयमा उपस्थित गराइएको काठमाडौंको जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय कास्कीबाट उनलाई बुद्ध एयरको जहाजमा बिहीबार बेलुका बयानका लागि काठमाडौं ल्याइएको थियो । काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी संस्थाको बचत रकम अपचलनबारे बयान लिन उनलाई काठमाडौं ल्याइएको हो ।

उक्त सहकारीको बचत हिनामिना प्रकरणमा यसअघि नै लामिछाने र उनका साझेदार छविलला जोशीविरुद्ध काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भइसकेको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू