चितवन मेडिकल कलेजसहित २० मेडिकल कलेजका अस्पतालको शय्या क्षमता सार्वजनिक

एटुजेड समाचार

काठमाडौँ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सञ्चालन अनुमति प्राप्त गरेका मेडिकल कलेज तथा विभागीय अस्पतालहरुको विवरण सार्वजनिक गरेको छ ।

मन्त्रालयले तीन सय शय्या बढी क्षमतामा मन्त्रालयबाट अनुमति लिएका त्यस्ता कलेजहरुले सञ्चालन गरेका २० अस्पतालहरुको शय्या क्षमतासम्बन्धी विवरण सार्वजनिक गरेको हो ।

मन्त्रालयसँग अनुमति प्राप्त गरेकामध्ये सबैभन्दा धेरै शय्या रहेको मेडिकल कलेज भरतपुरस्थित चितवन मेडिकल कलेज रहेको छ । कलेजसँग पाँच सय शय्या क्षमता छ । त्यसैगरी चार सय शय्या क्षमता सञ्चालनका लागि अनुमति पाएका मेडिकल कलेजको सङ्ख्या तीन छ ।

लुम्बिनी मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल–पाल्पा, लर्ड बुद्ध एजुकेशन एकेडेमी लि, नेपालगञ्ज मेडिकल कलेज–बाँके, नेपाल मेडिकल कलेज शिक्षण अस्पताल जोरपाटीले चार सय शय्या क्षमतामा अस्पताल सञ्चालनको अनुमति प्राप्त गरेका छन् ।

बाँकी मेडिकल कलेजलगायत नेपाल प्रहरी र सशस्त्र प्रहरीका गरी १६ अस्पतालहरुले भने तीन सय शय्या क्षमतामा अस्पताल सञ्चालनको अनुमति पाएका छन् ।मन्त्रालयले शय्या अनुमतिका आधारमा सेवा सञ्चालन भए/नभएको अनुमगनको तयारी गरिरहेको छ ।

क्षमताभन्दा बढी शय्या सञ्चालन भए÷/नभएको तथा बढी क्षमताबारे प्रचार भए/नभएको स्थिति अनुगमन गरी आवश्यक कारबाही गर्ने मन्त्रालयले तयारी गरिरहेको प्रवक्ता डा प्रकाश बुढाथोकीले जानकारी गराउनुभयो । रासस

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू