जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनद्वारा बढी भाडा लिने चालकलाई कारवाही

एटुजेड समाचार

चितवन – जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले बढी भाडा लिने सवारी साधनलाई कारवाही गरेको छ । कार्यलयले आज (बुधबार) तोकिएको भाडादर भन्दा बढी भाडा लिने माइक्रोबसलाई कारबाही गरेको हो।

माइक्रोबसले नारायणगढबाट कुरिनटारसम्मको भाडा ५ सय ५० लिई नारायणगढ बसपार्कबाट यात्रु चढाएको पाइएकोले बा.२ ख ९३५३ नं. काे माईक्रोबसलाई कारबाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक गायत्रीराज शर्माले बताए।

सवारी तथा यातायात व्यवस्था ऐन बमोजिम कारबाही गरी सो माईक्रोबसलाई ११ हजार ५ सय जरिवाना लिएको उनले बताए। साथै यस आर्थिक बर्षमा मात्रै तोकिएको भाडादर भन्दा बढी भाडा लिने २७ वटा सवारीसाधनलाई कारवाही गरिसकेको उनले बताए।

प्रमुख शर्माले यसरी सार्वजनिक सवारी साधन सुरक्षित र मर्यादित बनाउने हाम्रो अभियान निरन्तर जारी रहेकाले यहाँहरु कोही कसैले बढी भाडा लिने, सवारी साधनमा स्पष्ट देखिने बुझिने गरी भाडादर नटाँस्ने, स्वरुप परिवर्तन गर्ने, निजी सवारीलाई सार्वजनिक सरह सञ्चालन गर्ने वा अन्य कुनै ट्राफिक नियम उल्लंघन गरी सवारी सञ्चालन गरेको पाउनुभएमा १००, १०३, ९८५५०९०१०० मा सम्पर्क गरी सुचना दिई सहयोग गरिदिनुहुन अनुरोध समेत गरेका छन्।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू