स्टुडेन्ट इनोवेशन समिटमा भरतपुरको ग्रीनल्याण्डलाई उपाधि

एटुजेड समाचार

भरतपुर – जनकपुरमा सम्पन्न दुई दिवसीय नेशनल स्टुडेन्ट इनोवेशन समिट २०२४ मा भरतपुरको ग्रीनल्याण्ड पब्लिक स्कुल प्रथम भएको छ । मोनास्टिक स्कुलले आयोजना गरेको सम्मेलनमा ग्रीनल्याण्डले उपाधि जितेको हो ।

उपाधिसँगै स्कुलले ‘बेस्ट मार्केटिङ अवार्ड’ पनि प्राप्त गरेको छ । विजेता विद्यार्थीहरुलाई स्कुलले एक कार्यक्रम गर्दै स्वागत गरेको छ । कार्यक्रममा ३५ विद्यालयबाट कक्षा ६ देखि कक्षा १२ सम्मका तीन सय ५० भन्दा बढी विद्यार्थीहरु सहभागी थिए ।

ग्रीनल्याण्ड गत वर्ष पनि उक्त कार्यक्रममा प्रथम भएको थियो । स्कुलकी प्राचार्य ईन्दिरा पन्त कार्कीले विद्यार्थीहरुको लगनशिलताले लगातर यो उपाधि हात पारेको बताउनुभयो । फरक प्रदेशमा सहभागी लगातर दुबै वर्ष उपाधि जित्नु आँफैमा महत्त्वपूर्ण उपलब्धि भएको उहाँको भनाइ छ । उहाँले स्कुलले पाठ्यक्रमसँगै यस्ता अतिरिक्त क्रियाकलापलाई सधैं जोड दिँदै आएको उहाँले बताउनुभयी ।

विद्यालय स्तरीय उद्यमशीलता र नवाचारको संस्कृति स्थापित गर्ने उद्धेश्यले उक्त कार्यक्रम आयोजना गरिएको हो । एनवाइइएफ जनकपुर च्याप्टर र मोनास्टिक स्कुलको संयूक्त आयोजनामा उक्त कार्यक्रम आयोजना भएको हो ।

विद्यालयका विद्यार्थीहरुलाई उद्यमिता सोच र नवाचारको प्रवृत्ति तथा क्षमतामा सशक्त बनाउनका लागि यस कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेल्ने मोनास्टिक स्कुलका निर्देशक डा. सोनु साहले बताउनुभयो । कार्यक्रममा मुलुकभरका विभिन्न विद्यालयका विद्यार्थी, शिक्षक र विभिन्न क्षेत्रका विशेषज्ञहरु उपस्थित रहेका थिए । यस हाटबजारमा विद्यार्थीहरूले आफ्ना १०० भन्दा बढी नवप्रवर्तनात्मक उत्पादनहरु प्रदर्शन गरी प्रदर्शनी तथा विक्री वितरण गरेका थिए । यस हाट बजारमा ८० स्टलको व्यवस्थापन गरिएको थियो भने सहभागी विद्यार्थीहरुले आफ्नो सिर्जनशीलता र उद्यमिता कौशल प्रस्तुत गरेका थिए ।

 

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू