लेखक शर्मासँग संवाद र विमर्श

एटुजेड समाचार

चितवन – पत्रकार एवं लेखक सुधीर शर्मासँग उनका पछिल्ला दुई किताबको विषयमा शनिबार नारायणगढमा संवाद र विमर्श गरिएको छ । सम्पूर्ण किताब नारायणगढमा आयोजित कार्यक्रममा लेखक शर्मासँग पत्रकार सूर्यप्रकाश कँडेलले संवाद गरेका हुन् ।

किताब पब्लिसर्स र सम्पूर्ण किताबले संयुक्तरुपमा आयोजना गरेको कार्यक्रममा लेखक शर्मासँग पत्रकार कँडेलले पुस्तकको विषयवस्तु, रचना गर्भ र पुस्तकले समेटेका क्षेत्रबारे विस्तृत कुराकानी गरे । लेखक शर्माले सात वर्ष लगाएर दुई पुस्तक ‘भिक्षु, व्यापार र विद्रोह’ एवं ‘हिमालपारिको हुरी’ लेखिएको बताए ।

सम्पूर्ण पुस्तकका संचालक लेखराम सापकोटाले सहजीकरण गरेको कार्यक्रममा समीक्षक उदय अधिकारीले स्वागत मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा पूर्व जिल्ला शिक्षा अधिकारी चोलेन्द्र पण्डित, शिक्षक प्रेम रिमाल, कवि विपिन पाठक, पत्रकार गोविन्द न्यौपाने, नारायणप्रसाद तिवारीलगायतले लेखकसँग जिज्ञासा राखेका थिए । उनीहरुको जिज्ञासामाथि बोल्दै लेखक शर्माले नेपाल र चीनबिचको आर्थिक, साँस्कृतिक र राजनीतिक सम्बन्धबारे बोलेका थिए ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू