वाग्ले, अर्याल र झाले भेटे रवि लामिछानेलाई

एटुजेड समाचार

पोखरा – राष्ट्रिय स्वतन्त्र पार्टीका शीर्ष नेताहरुले जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका सभापति रवि लामिछानेसँग भेट गरेका छन् । उपसभापतिद्वय स्वर्णिम वाग्ले, डीपी अर्याल र प्रवक्ता मनिष झाले सभापति लामिछानेलाई भेट गरेका हुन् ।

उपसभापति अर्यालले राजनीतिक प्रतिशोध हो कि होइन भन्ने कुरा सर्वसाधारणलाई बुझाउन आग्रह गरेको बताए । ‘हामीले गरिरहेको आन्दोलन राजनीतिक प्रतिशोधविरुद्ध भएको कुरा सर्वसाधारण नागरिकले बुझिराख्नुभएको छ कि छैन, स्पष्टसँग बुझाइदिनुहोला । आन्दोलन कस्तो प्रकृतिको गर्नेबारे सचिवालय र केन्द्रीय समितिले निर्णय लिन भन्नुभएको छ’, अर्यालले भने ।

पोखराको सूर्यदर्शन सहकारीको रकम कानुन विपरीत गोर्खा मिडिया प्रालिमा ल्याई अपचलन भएको घटनाको अनुसन्धानका लागि गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक लामिछानेलाई प्रहरीले २ कात्तिकमा पक्राउ गरेको हो । आइतबार जिल्ला अदालत कास्कीले उनलाई थप १३ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू