काठमाडौं – अहिले गर्मी मौसम सकेर हामी विस्तारै जाडो मौसममा प्रवेश गरेका छौँ । गर्मीको तुलनामा चिसो मौसममा प्राय मानिसले चियामा मरीच राखेर खान मन पराउँछन् ।
जाडो याममा चियामा मरीच हालेर खाँदा न्यानो गराउने मात्र होइन, स्वास्थ्यलाई पनि फाइदा गर्दछ ।
यस्ता छन् जाडोमा मरीच खानुका फाइदा :
– पाँच चम्चा जति गाईको घ्यूमा सात गेडा मरिच झानेर टाउको दुखेको बेलामा लगाउनदा टाउको दुख्न निको हुन्छ ।
– मरीचलाई पानीमा पिनेर लेप बनाएर दाहिने पट्टिको टाउकोको भाग दुखेको भए देव्रेपट्टिको कंचटमा लेप लगाउने र देव्रे पट्टिको भाग दुखेको भए दाहिने पट्टिको भागमा लेप लगाएमा ठीक हुन्छ ।
– मरीचको १० वा १५ दाना पिनेर फिटेर दैनीक सेवन गरेमा एक सातामा रुघाखोकी ठीक हुन्छ ।
– २५–३० दाना मरीच हालेर पिँधेर, दुई ग्लाँस पानीमा पकाएर खाने त्यसपछि सिरक ओडेर सुत्न सुत्ने । यो प्रक्रियाले पिनास, रुघा र टाउको दुखेको रोग ठीक हुन्छ ।
– १ दाना फुराएको मरीच मसिनो गरी पिनेर १ चम्चा सखरमा मुछेर सानो–सानो गोली बनाउने । त्यसलाई दिनको तीन–चार वटा गोली चुस्ने । यस्तो प्रक्रियाले कफ निकालेर खोकी ठीक हुन्छ ।
– हिक्क आउने समस्या आएमा मरीच डडाएर त्यसको धूँवा सुँघेमा एकै छिनमा ठीक हुन्छ ।
– कागतीको चुकमा ८–१० गेडा मरीच पिनेर बिहान–बेलुका लेप लगाएमा ठीक हुन्छ ।
– एक डाडु घ्यूमा एक चम्चा मरीचको धूलो डडाएर कपुर हालेर शरीर भरी मालिस गरेमा शरीर तातेर आउँछ र ठीक हुन्छ ।
– गाईको घ्यूमा मरीचको धूलो तताएर भातमा मिसाएर खाने गरेमा आँखाका रोगहरु लाग्नबाट बच्न सकिन्छ ।
– मरीचको धूलो, नीमको पात तेलमा डडाएर पक्षघात भएको अंगमा बिहान–बेलुका मालिस गरेमा बिस्तारै ठीक हुँदै जान्छ ।
– मरीचको धूलो, खयर, कपुर बराबर पिधेर दाँत माज्ने गरेमा गिजापाक्ने, दाँत हल्लिने, कीराले खाएको समस्या ठीक हुन्छ ।
– मरीच डढाएको तेल मालिस गर्नाले शरीर सुनिएको ठीक हुन्छ ।
– फुराएको एक चिम्टी मरीचको धूलो, एक चम्चा मह, एक ग्लास पानीमा फिटेर खाने गरेमा अमलपित्तको रोग ठीक हुन्छ ।
– १ चम्चा मरीचको धूलो एकचम्चा महसँग फिटेर बिहान खाली पेटमा खाएमा भोक लाग्छ ।
– यस प्रकारको रोगमा जिरा र मरिच पानीमा पिनेर लेप बनाएर लगाउने गरेमा बिस्तारै ठीक हुँदै जान्छ । मरिचका फाइदा मात्र छैन केही बेफाइदा पनि छ । मरीचको धेरै सेवन गर्दा हाड जोर्नीमा समस्या निम्त्याउन सक्छ । –एजेन्सीको सहयोगमा