काठमाण्डाै – काेशी प्रदेशका पूर्वमन्त्री लीलावल्लभ अधिकारीलाई दुई दिन हिरासतमा राख्न काठमाण्डाै जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएकाे छ ।
मानव तस्करीकाे आराेपमा विराटनगरमा पक्राउ काेशीका पूर्व आन्तरिक मामिला तथा कानूनमन्त्री अधिकारीलाई न्यायाधीश खिमानन्द भुसालको इजलासले दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हाे । मानव तस्करीको आरोप लागेका अधिकारीलाई प्रहरीले आज पक्राउ गरेर हवाईजहाजमार्फत काठमाण्डौ ल्याएकाे थियाे ।
सङ्गठित गिरोहमार्फत अवैध तरिकाले जापान गएका अधिकारीलाई त्यहाँको अध्यागमनले ४८ घण्टासम्म विमानस्थलमै राखेर नेपाल फिर्ता पठाइदिएको थियो । मन्त्रालयको नक्कली परिचयपत्रलगायतका कागजातका आधारमा अधिकारीसहित अरू तीन जना पनि दलाललाई पैसा तिरेर जापान गरेकोमा फिर्ता भएका थिए ।
अधिकारीले मुख्यमन्त्री हिक्मत कार्कीलाई समेत जानकारी नदिई जापान पुगेका थिए । उनले राजीनामा दिइसकेका छन् । यो प्रकरणमा अरू तीन जना पनि पक्राउ परेका छन् । पक्राउ परेकाहरूले लाखौं रुपैयाँ बुझाएको बयान दिएका छन् ।