चितवन– रत्ननगर नगरपालिका वडा नम्बर १० मा रहेको पुस्तक गोदाममा भएको आगलागी नियन्त्रणमा आएको छ । दमकल, प्रहरी र स्थानीयवासीको प्रयासपछि आगो नियन्त्रणमा आएको हो ।
राजेन्द्र तिवारीको घरमा रहेको पुस्तक गोदाममा करेण्ट सर्ट भई आगलागी भएको इलाका प्रहरी कार्यालय टाँडीले जनाएको छ । प्रहरीका अनुसार आगलागीबाट मानवीय क्षति भएको छैन । पुस्तक क्षतिको विवरण आउन बाँकी रहेको छ ।