रवि लामिछानेलाई भोलि चौथोपटक अदालत उपस्थित गराइने

एटुजेड समाचार

काठमाडौं  कार्तिक २ गतेदेखि कास्की प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भोलि जिल्ला अदालत कास्कीमा उपस्थित गराइँदैछ। 

तेस्रो पटक म्याद थपिएको समय आज सकिएपछि उनलाई भोलि (आइतबार) अदालत उपस्थित गराउन लागिएको हो। आज शनिबार बिदा भएकाले उनलाई भोलिमात्रै अदालत उपस्थित गराउन लागेको उनको सचिवालय सदस्य प्रमोद न्यौपानेले बताए ।

न्यौपानेका अनुसार भोलि रविलाई अदालत उपस्थित गराइँदा रास्वपा शुभचिन्तक तथा नेता कार्यकर्ताहरूले पोखराको जिरो किलोमिटर घन्टी घरमा प्रदर्शन जारी राख्नेछन् । यस्तै रविको स्वास्थ्य अवस्था अहिलेसम्म ठिक रहेको न्यौपानेले बताए । 

‘मैले भर्खरै सभापति रवि लामिछानेलाई प्रहरी हिरासतमा भेटेर बाहिर निस्केको छु । उहाँ तीव्र आत्माबल र विश्वासका साथ हिरासतमा बस्नुभएको छ । न्यौपानेले सामाजिक सञ्जाल फेसबुक लाइभमा भनेका छन्, हिरासत बसाइमा उहाँले अध्ययन अनुसन्धान र लेखनको काम गरिरहनुभएको छ उहाँ पूर्णरूपमा स्वस्थ हुनुहुन्छ।’

 

 

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू