चितवन – चितवनमा गैँडाले आक्रमण गर्दा एक पुरुष घाइते भएका छन् । शनिबार भरतपुर महानगरपालिका २७ मेघौली निवासी २८ वर्षीया जगबहादुर माझी गैँडाको आक्रमणबाट घाइते भएका हुन् ।
बिहान ९ बजे दुई जना विदेशी पैदल यात्री घुमाउन हिडेका माझीलाई गैँडाले आक्रमण गर्दा पेटमा चोट लागेको छ । आक्रमणबाट मध्यम घाईते भएका माझीको भरतपुर सरकारी अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । विदेशी नागरिक भने सुरक्षित रहेका छन् ।