काठमाडौं – नेकपा एमालेले दुई छिमेकी भारत र चीनसँगको सम्बन्ध सन्तुलित बनाउनुपर्ने बताएको छ। शनिबार बसेको पार्टीको सचिवालय बैठकले बदलिँदो विश्व राजनीतिलाई ध्यानमा राख्दै भारत र चीनसँग सन्तुलित सम्बन्ध कायम गर्नुपर्ने निष्कर्ष निकालेक हो।
‘हालै अमेरिकाको राष्ट्रपतीय निर्वाचन सम्पन्न भयो। रुसमा पनि ब्रिक्स सम्मेलन भय। विश्वमा भइरहेका नयाँ घटनाक्रमबारे बैठकमा छलफल गर्यौं। सरकारल बदलिँदो विश्व राजनीतिको बहाबलाई ध्यानमा राख्दै राष्ट्रिय हितलाई केन्द्रबिन्दुमा राखेर दुवै छिमेकीसँग असल, सन्तुलित र राष्ट्रिय हितमा आधारित परराष्ट्र सम्बन्धलाई अगाडि बढाउनुपर्छ,’ उपमहासचिव प्रदीप ज्ञवालीले भने।
उनले प्रधानमन्त्रीको चीन भ्रमणबारे पनि छलफल भएको बताए। उनका अनुसार प्रधानमन्त्री केपी शर्मा ओली डीसेम्बर पहिलो साता चीनको भ्रमण गर्दैछन्। प्रधानमन्त्रीको भ्रमण अधिकतम राष्ट्रिय हितमा हुने विश्वास लिएको उनले बताए।
त्यस्तै एमाले बैठकले मंसिर १६ मा हुने स्थानीय तह उपनिर्वाचनका उम्मेदवारहरूको टुंगो लगाएको बताए।