भरतपुर – जनस्तरबाट निर्माण गरिएको भरतपुर ५ मा रहेको सिर्जनशील टोल बिकास सस्थाको सामुदायिक भवनको शनिबार एक कार्यक्रमका बिच उदघाटन गरिएको छ । भरतपुर महानगरका उप प्रमुख चित्रसेन अधिकारीले उक्त भवनको रिवन काटेर उदघाटन गर्नुभएको हो ।
भरतपुर महानगरपालिका भित्र रहेका ६ सय ४४ वटा टोल बिकास सस्थाहरु मध्ये जनस्तरबाट निर्माण गरिएको सिर्जनशील टोल बिकास सस्था पहिलो सस्था हो । अहिलेसम्म कुनै पनि टोल बिकास सस्थाका भवनहरु जनस्तरबाट निर्माण गरिएका थिएनन् ।
भवनको उदघाटन गर्नुहुदै नगर उप प्रमुख अधिकारीले जनप्रतिनिधिहरु महानगरपालिकामा निर्वाचित भएर आएपछि विगतमा अधुरा रहेका सबै बिकास निमार्णका योजनाहरु पुरा हुने क्रममा रहेको बताउनु भयो । उहाँले बर्षै देखि अधुरो रहेका ठुला विकास निर्माणका कामहरु जनप्रतिनिहरुको अथक प्रयासबाट सम्पन्न हुँदै गइरहेको प्रष्ट पार्नुभयो । लामो समयसम्म जनप्रतिनिधि विहिन रहेको महानगरपालिकालाई व्यवस्थीत गर्ने कार्य भइरहेको बताउदै अधिकारीले भरतपुर महानगरपालिका बिकासको गतिमा उत्कृष्ट सावित हुने चरणमा पुगेको पनि उल्लेख गर्नुभयो ।
सस्थाले भवन उदघाटन सगसगै मानबीय सेवामा पनि सहयोग पुर्याउने उदेश्यका साथ बृहत् रक्तदान कार्यक्रम समेत सम्पन्न गरेको छ । कार्यक्रममा भवन निर्माणार्थ सहयोग गर्नुहुने विभिन्न चन्दा दाताहरुलाइ सम्मान पनि गरिएको छ ।
कार्यक्रममा वडा सदस्य विशाल बाबु तिमल्सिना,सस्थाका उपाध्यक्ष मधुकर तिवारी,चन्दादाताहरुको तर्फबाट देवकी गौतम,नेपाल रेडक्रस सोसाइटी चितवन शाखाका अध्यक्ष हरि प्रसाद पौडेल,नेपाल रेडक्रस सोसाइटी नारायणपुर शाखाका उपसभापति शिव प्रसाद सापकोटा,सस्थाका सल्लाहकार बिर्ख बहादु अधिकारी, जागृती टोल बिकास सस्थाका अध्यक्ष बिष्णु हरि खनिया, सिर्जनशील आमा समुहका अध्यक्ष कल्पना खनाल लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियोे । कार्यक्रम सस्थाका अध्यक्ष नेत्र नारायण आचर्यको अध्यक्षतामा सम्पन्न भएको थियोे ।