‘ए मेरो परदेशी ’ नायिका केकी अधिकारी र काशी राम

एटुजेड समाचार

विराटनगर– गायिका अञ्जली डिसीको स्वरमा रहेको ‘ए मेरो परदेशी ’ बोलको गीत सार्वजनिक भएको छ । नेपाली युवा युवतीको जिवन भोगाईलाई समेटिएको ‘ए मेरो परदेशी ’ बोलको गीत ब्रेकिङ नेपाल युटुब च्यालमार्फत  सार्वजनिक भएको हो  ।

देशमा रोजगारीको अभावमा विदेशिएका युवा युवती विचको पिडा र भोगाईलाई गीतमा समेटिएको छ । लामो समय देखि वैदेशिक रोजगारीको शिलशिलामा ओमानमा कार्यरत  काशी राम सुनार अर्थात् काशी जेटिको शब्द तथा संगीत र विशाल निरौलाको संगीत संयोजनमा गीत तयार गरिएको छ ।

विभिन्न दुःख पिडामा परेका नेपाली लाई उद्धार गर्दै आए काशीराम सुनारले छोटो समयको बिदा मनाउन स्वादेशमा आएका गीतकार ले  मौका को सदुपयोग गरेको र समग्र युवाको प्रतिनिधित्व गर्दै गीत बजारमा ल्याएको बताए ।

दिनेश पराजुलीको छायाँकन , दिनसन शाहको सम्पादन र गम्भिर विष्टको निर्देशन भिडियोमा रहेको छ । गीतमा केकी अधिकारी, काशी राम सुनार र रमा थपलियाको अभिनय देख्न सकिन्छ ।

 

गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

https://www.youtube.com/embed/BvCYepchnvw?si=K_C-n8CyYhWiY_YU

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु