काठमाडौँ — रानीपोखरीमा रहेको बालगोपालेश्वर मन्दिर आइतबार बिहानैदेखि भक्तजनका लागि खुलागरिएको छ । दिदीबहिनी नहुनेका लागि भाइटीकाका दिन काठमाडौँको रानीपोखरीको बीचमा रहेकोबालगोपालेश्वर मन्दिर खुलाइने प्रचलन छ ।
दिदीबहिनी एवं दाजुभाइ नहुनेहरू भाइटीकाका दिन यसै मन्दिरमा गइ पूजा, दर्शन गरी टीका लगाउने गर्दछन्। बालगोपालेश्वर मन्दिर दर्शन र टीका ग्रहणका लागि आवश्यक व्यवस्थापन महानगरपालिकाले गर्दैआएको छ ।
भाइटीकाका लागि बालगोपालेश्वर मन्दिर दिनभर नै खुला रहने छ ।दाजुभाइ नहुनेका लागि काष्ठमण्डपमापनि टीका लगाउने कार्यक्रम रहेको छ ।