बालेनले भने, ‘शुभकामना जितको लागि’
काठमाडौँ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले साफ वुमेन्स च्याम्पियनसीपको फाइनल खेलमा सहभागी नेपाली महिला फुटबल टिमलाई जितको लागि शुभकामना दिएका छन् । बुधबार साँझ ६ः३० बजे दशरथ रंगशालामा नेपाल र बंगलादेशबीच साफ वुमेन्स च्याम्पियनसिपको फाइनल खेल हुँदैछ ।
बालेनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘नेपाली महिला फुटबल टोलीलाई धेरैधेरै शुभकामना जितको लागि । टिकट पाउनु हुने महानुभावहरुले रंगशालामा गएर समर्थन गर्नुहोला, काठमाडौँमा हुने टिकट नपाउनेहरु हामीले टुँडीखेल, सानो गौचरण र चाबहिलमा देखाउने व्यवस्था गरेको छौँ । नजिक हुनेहरु गएर सामुहिकरुपमा नेपालको समर्थन गर्न सक्नु हुनेछ ।’
बुधबार दिउँसो दुई बजेतिर राखिएको बालेनको स्टाटसले एक घण्टामै ८० हजार रियाक्ट पाएको छ । उनको स्टाटस एक हजार तीन सय जनाले शेयर गरिसकेका छन् भने स्टाटसमाथि ६ हजार नौ सय जनाले कमेन्ट गरेका छन् । अधिकांश कमेन्टमा बालेनको समर्थन गर्दै जितको शुभकामना दिइएको छ ।
तपाइँको प्रतिक्रिया