माविस्तरीय कविता प्रतियोगितामा कन्या गुरुकुलमकी चेतना पहिलो

एटुजेड समाचार

चितवन – महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६औँ जन्मजयन्तीको सन्दर्भ पारेर सनराइज इङ्लिस सेकेण्डरी स्कुल, भरतपुरले विद्यालयको ३७औँ वार्षिकोत्सको अवसरमा सोमबार चितवन जिल्लाव्यापी माध्यमिक विद्यालयस्तरीय कविता प्रतियोगिता सम्पन्न गरेको छ । प्रतियोगितामा गार्गी कन्या गुरुकुलमकी छात्रा चेतना वाग्ले पहिलो भएकी छन् । २० वटा विद्यालयका ३५ जना सहभागीबिचको प्रतिस्पर्धामा वाग्ले पहिलो भएकी हुन् ।

प्रतियोगितामा अङ्कुरम् एकेडेमीका छात्र सोहम अधिकारी दोस्रो, ग्लोरियस एकेडेमीकी छात्रा रश्मी गुरुङ तेस्रो र बालकुमारी बोर्डिङ स्कुलका छात्र आभास लामिछाने चौथो भएका छन् । विजेताहरुलाई शिल्ड र प्रमाणपत्र एवं सहभागी सबै जनालाई प्रमाणपत्र दिइएको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामजीप्रसाद अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि साहित्यकार धनराज गिरी रहेका थिए । प्रमुख अतिथि गिरीले विद्यार्थीहरुलाई प्रोत्साहित गर्दै मन्तव्य दिएका थिए । कार्यक्रममा विद्यालयका प्राचार्य शिवकुमार बगालेले स्वागत मन्तव्य राखेका थिए ।

साहित्यकारहरु कपिल अज्ञात, रमेश प्रभात र विद्या भण्डारी चिराग निर्णायक रहेको उक्त प्रतियोगिताको संयोजन विद्यालयको नेपाली विभागका प्रमुख छविरमण न्यौपानेले गरेका थिए । कार्यक्रमको सञ्चालन शिक्षिका नानीमाया सापकोटाले गरेकी थिइन् ।

कार्यक्रममा विद्यालयका सहायक प्राचार्य भूमिराज तिवारी, पूर्वप्राचार्य हेमराज शर्मा, पत्रकार सूर्यप्रकाश कँडेललगायतको उपस्थिति रहेको थियो ।

Forbes

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु