‘क्रान्तिका अग्रदुत युगकवि सिद्धिचरण’ पुस्तक बजारमा

एटुजेड समाचार

काठमाडौँ – युगकवि सिद्धिचरणका कालजयी रचनाहरुको समीक्षा गरिएको पुस्तक ‘क्रान्तिका अग्रदुत युगकवि सिद्धिचरण’ बजारमा आएको छ । साहित्यकार, समीक्षक तथा समालोचक स्वयम्भु शाक्यद्वारा लिखित यो पुस्तक सुन्दर स्वदेश पब्लिकेशनले हालै बजारमा ल्याएको हो ।

पुस्तकमाथि युगकवि सिद्धिचरण प्रतिष्ठानका अध्यक्ष बैरागी काँइलाले मन्तब्य जाहेर गरेका छन् । पुस्तकको ऐतिहासिक महत्वबारे युगकवि सिद्धिचरणको सिर्जनाका अध्येता डा फणिन्द्रराज निरौलाले प्रकास पारेका छन् । डा निरौलाले पुस्तकमाथि टिप्पणी गर्दै भनेका छन्, ‘प्रस्तुत पुस्तक युगकवि सिद्धिचरणका प्रतिनिधि रचनाहरु अध्ययन गरिएको एउटा सुन्दरतम कृति हो ।’

युगकवि सिद्धिचरण प्रतिष्ठानका संरक्षक रविचरण श्रेष्ठले युगकवि सिद्धिचरणका केही कविता र खण्डकाब्यहरुको विषयमा चिन्तन र विवेचना गरी प्रकाशनमा आएको पुस्तक एक महत्वपुर्ण दस्ताबेज भएको बताएका छन् ।

लेखक शाक्यले दुइ वर्षको तयारीपछि पुस्तक बजारमा आएको बताए । ६५ वटा फुटकर कविता, युगकविको जेल संस्मरण, मंगलमान, जुनकिरी र भीमसेन थापा शीर्षकको खण्डकाब्यका बारेमा अध्ययन गरी लेखिएको पुस्तक ५४० पेजको छ । मन छुने शैलीमा लेख्ने खुबी भएका शाक्यले युगकविको रचनाहरुलाई समीक्षामार्फत थप पठनीय बनाएका छन् ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु