अमेरिकाको फ्लोरिडामा सय वर्षयताकै शक्तिशाली आँधीको चेतावनी, मानिसहरू घर छाड्दै
अमेरिकाको फ्लोरिडा राज्यमा विनाशकारी आँधी ‘मिल्टन’ आउन लागेको भन्दै चेतावनी जारी भएपछि दशौं लाख मानिस घर छाडेर अन्यत्र गएका छन् ।
आज राति आँधी जमिनमा बज्रनुअघि सुरक्षित ठाउँमा पुगिसक्न मानिसहरू निस्किएका कारण सडकमा लामो जाम देखिएको छ । आँधी सय वर्षयताकै खराब हुने अमेरिकाको मौसम विभागले भविष्यवाणी गरेको छ । मौसम अधिकारीहरूले यसलाई क्याटगोरी पाँचको आँधीका रूपमा वर्गीकरण गरेका छन् । आँधीको गति दुई सय ७० किलोमिटर प्रतिघण्टा हुने अनुमान छ । मिल्टन आँधी फ्लोरिडा आइपुग्नुअघि ६७ मध्ये ५१ वटा काउन्टीमा आपत्कालीन चेतावनीहरू दिइएको छ ।
अमेरिकाका राष्ट्रपति जो बाइडनले फ्लोरिडाका मानिसहरूलाई जीवन मरणको सवाल भन्दै आँधी फ्लोरिडामा बज्रनु पहिले नै त्यो क्षेत्र खाली गर्न भन्नुभएको छ । उहाँले मिल्टनको पूर्वतयारीलाई ध्यान दिँदै जर्मनी र एङ्गोलाको भ्रमण रद्द गर्नुभएको छ । चेतावनी जारी भएको क्षेत्र धेरैजसो खाली भइसकेका बीबीसीले जनाएको छ ।
फ्लोरिडामा दुई हप्ताअघि मात्रै पनि ‘हेलेन’ नामको अर्को आँधीले विध्वंस मच्चाएको थियो । हेलेन आँधीले अमेरिकामा ६ राज्यमा गरेर कम्तीमा दुई सय २५ जनाको ज्यान गएको थियो । सयौ मानिस अझै हराइहेका छन् ।
तपाइँको प्रतिक्रिया