शैक्षिक परामर्श संघ चितवनद्धारा स्वास्थ्य शिविर एवं शुभकामना आदान प्रदान
चितवन – शैक्षिक परामर्श संघ चितवन ( इक्यान)को आयोजना तथा डाक्टर साथी प्याथोलीजी तथा होमकेयरको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर तथा चाडपर्वको अवसरमा शुभकामना आदान प्रदान गरिएको छ । संघले आज भरतपुरमा एक कार्यक्रमका बीच इक्यानका पदाधिकारी , सदस्य तथा शैक्षिक परामर्श संस्थाका सञ्चालक तथा कर्मचारीहरुको लागि निशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको हो ।
शिविरमा ५२ जनाको स्वास्थ्य परिक्षण तथा रगतको नमुना संकलन गरिएको थियो । शुभकामना कार्यक्रममा बोल्दै इक्यान चितवनका अध्यक्ष दिपक भट्टराईले स्वास्थ्य संवेदनशीलतालाई ध्यानमा राखेर दशैंको अवसरमा स्वास्थ्य शिविर तथा शुभकामना आदान प्रदान कार्यक्रम राखिएको जानकारी दिनुभयो । ‘चाडपर्वअघि हाम्रो आ–आफ्नो स्वास्थ्य अवस्था पनि थाहा पाउंँ उहांँले भन्नुभयो, हामीबीच चाडपर्वको शुभकामाना पनि बांँडौं ।’ भट्टराइले भन्नुभयो ।
सो अवसरमा डाक्टर प्याथोलोजीका प्रबन्ध निर्देशक प्रणय कुमार बिकेले सबैमा स्वास्थ्य सेवाको पहुंँच पुर्याउन र जनचेतना फैलियोस भन्ने हेतुले निशुल्क स्वास्थ्य शिविर राखेको बताउनु भयो । ‘हामीले प्याथोलोजी र होम केयरसेवा दिदै आएका छौं, प्रबन्ध निर्देशक बिकेले भन्नुभयो, हाम्रो उद्धेश्य र लक्ष्यलाई पनि मिट गरोस भनेर इक्यानसंँग सहकार्र्य गरेका हौ ।’ प्रबन्ध निर्देशक बिकेका अनुसार शिविरमा सुगर, कोलेष्ट्रोल, कलेजो, मुटु, पेट, पिसाब, भिटामीन डी, भिटामीन बी१२, थाइराइड लगायत प्रतिव्यक्ति १८हजार रुपैंया बराबरको निशुल्क स्वास्थ्य जांँच गरिएको थियो ।
प्रमुख अतिथि इक्यानका केन्द्रिय सदस्य मंजिल ढकालले संभवत नेपालमै इक्यान चितवनले यस्तो प्रकारको रचनात्मक कार्यक्रम आयोजना गरेको बताउनु भयो । उहांँले स्वास्थ्य राम्रो भए मानिसको हरेक क्षेत्र ठिक र सफल हुने भन्दै सबैलाई स्वास्थ्य सचेतना अपनाउन आग्रह गर्नुभयो ।
इक्यानका पूर्व अध्यक्ष हिम्मत पुरी,समुन्द्र अर्याल, देव हस्पिटलका डाक्टर टंक ओझा , डा. विवेक न्यौपाने लगायतले स्वास्थ्य सावधानी अपनाउन आग्रह गदै शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रम इक्यान चितवनका अध्यक्ष भट्टराइको सभापतित्वमा सम्पन्न भएको हो ।
तपाइँको प्रतिक्रिया