सुनचाँदी साकोसको साधारणसभा सम्पन्न
भरतपुर – चितवन स्थित सुनचाँदी व्यवसायीहरु मात्रै शेयर सदस्य रहेको सुनचाँदी बचत तथा ऋण सहकारी सस्था लि.को १२ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सहकारीका अध्यक्ष रुविन रामुदामुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल सुनचाँदी व्यवसायी महासंघका केन्द्रिय अध्यक्ष अर्जुन रसाईली प्रमुख अतिथी रहनु भएको थियो ।
सहकारीका सचिव निलेनमान शाक्यले संचालन गर्नु भएको कार्यक्रममा उपाध्यक्ष टुलक प्रसाद विश्वकर्माले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो ।
जिल्ला सहकारी संघका प्रतिनिधि बाल कुमार श्रेष्ठ, चितवन जिल्ला बचत तथा ऋण सहकारी संघका कोषाध्यक्ष गोविन्द भट्टराई, भरतपुर महानगरपालिका सहकारी शाखाकी अधिकृत रोजी केसी, सुनचाँदी बचत तथा ऋण सहकारी सस्थाका सस्थापक अध्यक्ष विपिन रामुदामु, निवर्तमान अध्यक्ष बाबुराम रामदाम, सल्लाहकार इश्वरलाल रामुदामु, चित्र बहादुर विश्वकर्मा, नेपाल सुनचाँदी व्यवसायी संघ चितवनका अध्यक्ष डा. यम बहादुर विके, राष्ट्रिय सहकारी बैंक नारायणगढ शाखाका प्रतिनिधि सुजन रेग्मीलगायतको सहभागिता रहेको थियो ।
सहकारीको गत आर्थिक वर्षसम्म २४ करोड सम्मको वासालात रहेकोमा १७ करोड भन्दा ऋण लगानी १७ करोड बरावरको बचत रहेको छ ।
तपाइँको प्रतिक्रिया