अभ्युदय सहकारीले विविध कार्यक्रम गरि रजत महोत्सव मनाउने
भरतपुर – भरतपुर ५ स्थित अभ्युदय बहुउद्देश्यीय सहकारी संस्था लि. को स्थापनाको २५ औं वर्षको अवसरमा विविध कार्यक्रम गरि रजत जयन्ती मनाउने भएको छ । सहकारीले पत्रकार सम्मेलनको आयोजना गरि रजत जयन्तिको अवसरमा आयोजना गरिएका विविध कार्यक्रमको बारेमा जानकारी गराएको हो ।
रजत महोत्सव अन्तरगत सहकारीले भाद्र ३० गते सरसफाई, भाद्र ३१ गते सहकारी शिक्षा कार्यक्रम, असोज १ गते मानव सेवा कार्यक्रम, असोज २ गते रक्तदान कार्यक्रम, असोज ३ गते रजत जयन्ति समारोह तथा स्मारिका बिमोचन र दीप प्रज्वलन कार्यक्रम आयोजना गरेको सहकारीका अध्यक्ष कृष्ण प्रसाद भण्डारीले पत्रकार सम्मेलनमा जानकारी दिनु भयो ।
साथै सस्थाले सहकारीका मूल्य मान्यता र सिद्धान्तहरूलाई आत्मसाथ गर्दै सहकारी ऐन तथा समयस मयमा यसका नियामक निकायले जारी गरेका विभिन्न निर्देशनहरुलाई पालना गर्दै समुदायमा आधारित सहकारीताको अभ्यास गर्दै आएको एवं नीति, विधि र प्रविधिमा आधारित आफ्ना व्यावसायिक कारोबार गर्दै आएकोले आज यस संस्था अन्य सहकारी संस्था भन्दा सबल रहेको संस्थाका सचिव राजीव ओझाले बताउनुभयो ।
सहकारीले बचत तथा ऋण परिचालन, दुग्ध संकलन तथा खरिद विक्री, दाना चोकर खरिद बिक्री, मल विउ खरिद विक्री, रेमिट्यान्स सेवा तथा विजुली र खानेपानी विल महसुल, शेयर सदस्य केन्द्रित विभिन्न तालिम, गोष्ठि तथा भ्रमणलगायतका सामाजिक उत्तरदायित्व अन्तरगत विविध कार्यक्रम गर्दै आएको सहकारीका सहसचिव तथा रजत जयन्ति प्रचार प्रसार समितिका संयोजक विष्णु दवाडीले जानकारी दिनु भयो ।
२०५७ साल असोज ३ गते ५० जना शेयर सदस्यहरुवाट स्थापना भएको उक्त सहकारीको कार्यक्षेत्र भरतपुर महानगरपालिकाको वडा नं १ देखि १४ सम्म रहेको छ । सस्थापक अध्यक्ष नवराज चापागाई रहनु भएको उक्त सहकारीमा हाल एक हजार ४ सय १६ जना शेयर सदस्य रहेका छन् । उक्त सहकारीले करिब २० करोजको पुजी निर्माण भई वित्तीय तथा गैहवित्तीय कारोवार गर्दै आएको छ ।
तपाइँको प्रतिक्रिया