विभिन्न देशमा काउन्सेलर र श्रम सहचारीका लागि आवेदन माग
काठमाडौँ – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विभिन्न देशस्थित नेपाली दूतावासमा रिक्त काउन्सेलर तथा श्रम सहचारीका लागि आवेदन माग गरेको छ ।
दक्षिण कोरिया, कता, मलेसिया, यूएई, ओमानस्थित नेपाली दूतावास तथा महावाणिज्य दूतावासमा काउन्सेलर तथा श्रम सहचारीका लागि आवेदन माग गरिएको हो ।
काउन्सेलर (श्रम) तथा श्रम सहचारी छनौट तथा नियुक्ति सम्बन्धी कार्यविधि तथा मापदण्ड २०७३ अनुसार तोकिएको योग्यता पुगेका कर्मचारीलाई आवेदन माग गरेको हो । सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्रमा व्यक्तिगत विवरण उल्लेखगरी मन्त्रालयमा आवेदन दिन भनेको हो ।
नेपाली दूतावास सियोल दक्षिण कोरिया, नेपाली दूतावास दोहो कतार, नेपाली दूतावास क्वालालम्पुर मलेसियाका लागि ११ जना काउन्सेलर (श्रम) का लागि आवेदन माग गरिएको छ ।
त्यस्तै नेपाली दूतावास अबुधावी संयुक्त अरब इमिरेट्स, नेपाली महावाणिज्यदूतावास जेद्दा साउदी अरेबिया, नेपाली दूतावास मलेसिया र नेपाली दूतावास मस्कट ओमानका लागि श्रम सहचारीको लागि आवेदन माग गरिएको हो ।
तपाइँको प्रतिक्रिया