सुनको मूल्य स्थिर, कतिमा भइरहेको छ कारोबार ?

एटुजेड समाचार

काठमाडौं– आज नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

मंगलबार सुन तोलाको एक लाख ५२ हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस अघि सोमबार पनि सुनको मूल्य १ लाख ५२ हजार मै कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । आज चाँदी तोलाको १७७५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु