चितवन सेवा समाज अन्तर्राष्ट्रिय समन्वय समिति नेपालले प्रथम तीज गित प्रतियोगिता २०८१ गर्दै
चितवन – चितवन सेवा समाज अन्तर्राष्ट्रिय समन्वय समिति नेपालले नेपाली नारीहरुको महान चाड हरितालिका तिजको उपलक्ष्यमा जिल्ला स्तरीय प्रथम तीज गित प्रतियोगिता २०८१ गर्ने भएको छ । चितवन सेवा समाज अन्तर्राष्ट्रिय समन्वय समिति नेपालले “प्रवास र प्रदेशीको भावनासँग केन्द्रित ” शिर्षकमा तिज गित प्रतियोगिता गर्ने भएको हो ।
चितवनका दिदिबहिनीलाई मध्यनजर गर्दै उनिहरुमा भएको प्रतिभाको खोजी गर्ने , कला तथा संस्कृतिका जगेर्ना गर्ने , र चितवन जिल्लाभरीका नारीहरुलाई एकआपसमा भेटघाट तथा परिचयात्मक कार्य गर्ने उद्देश्यका साथ तिज गित प्रतियोगिता गर्ने लागेको चितवन सेवा समाज अन्तर्राष्ट्रिय समन्वय समिति नेपालका अध्यक्ष दिपक गौतमले जानकारी दिए । भदौ १५ गते रत्ननगर नगरपालिका ०१, टाँडी सौराहा चोक मा रहेको होटल गंगोत्रीमा बिहान १० बजे बाट कार्यक्रम सुरु गरिने छ ।
सो कार्यक्रममा राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुति पनि रहेको छ । उत्कृष्ट चार प्रतियोगी समुहहरू छनौट गरि पुरस्कृत गरिनुका साथै प्रमाणपत्र पनि प्रदान गरिने छ । प्रथम हुनेलाई ३३ हजार रुपैयाँ , द्धितियलाई २२ हजार रुपैयाँ , तृतियलाई ११ हजार रुपैया र सान्त्वना ५ हजार रुपैयाँ प्रदान गरिने छ भने भने सहभागी सबैलाई प्रमाणपत्र प्रदान गरिने छ । चितवन सेवा समाज अन्तर्राष्ट्रिय समन्वय समिति नेपालको अध्यक्ष पदमा दिपक गौतम रहेका छन् । भने कार्यक्रम संयोजक नेत्र जी पन्त र सचिवमा हरिप्रसाद न्यौपाने रहेका छन् ।
यस कार्यक्रलाई सफलताको कामना गर्दै संस्थाकै सल्लाहकार तथा विभिन्न समिति उपसमितिका मुर्धन्य व्यक्तित्वहरुले समेत आर्थिक सहयोग गरेको कुरा कार्यक्रमका आर्थिक उपसमितिका संयोजक संस्थाका वरिष्ठ उपाध्यक्षलाल बहादुर भट्टले जानकारी दिए । १६ टीमको महा भीड़न्तको तयारी जोडतोडका साथ भईरहेको व्यवस्थापन समितिका संयोजक तथा संस्थाका द्वितीय उपाध्यक्ष ईश्वर राज अधिकारीले बताए । सो कार्यक्रमको मुख्य प्रायोजक सेन्टर कलेज रहेको छ ।
सह प्रायोजक हिमाल हाउजिङ्ङ्ग एण्ड के.वि प्रिफ्याव, कन्स्ट्रक्सन कं.प्रा.लि., चितवन सेवा समाज मलेसिया,चितवन सेवा समाज बहराइन, सोफा हफ लंकु,नारायणी सामुदायिक हस्पिटल,चितवन समाज जापान,श्री कृष्ण सुन चाँदी पसल,लोकमान एण्ड सन्स सुन चाँदी पसल,चितवन समाज इजरायल,विदुर के.सी नेपाल अष्ट्रेलियन अभिभावक संघ,मणिरत्न सुन चाँदी पसल रत्ननगर,ग्लोबल गेट वे रहेका छन् । भने देश भित्र र देश बाहिर बसेर सस्थालाई माया गर्ने व्यक्तिहरुबाट पनि नगद सहयोग प्राप्त भएको छ । बालाजी ट्रेडर्स पानी तथा खाद्यन्न, अमृत मिश्र सौराहा व्यानर सौजन्य र डम्मर राना को को आईसक्रिमको सौजन्य रहेका छन् ।
तपाइँको प्रतिक्रिया