धेरै बोलेर समय खेर फाल्दिनँ, काम गरेर देखाउँछु : बालेन्द्र साह

एटुजेड समाचार

काठमाडौं –  काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बोलन)ले आफू धेरै बोल्नेभन्दा पनि काम गर्ने बताएका छन् ।

बिहीबार काठमाडौं महानगर वडा ८ को प्रशासनिक भवन समुद्धाटन कार्यक्रममा बोल्दै प्रमुख साहले यस्तो बताएका हुन् ।उनले भाषणभन्दा पनि काम गर्न जरुरी रहेको उल्लेख गरे । प्रमुख साहले कार्यक्रमहरूमा लामो सम्बोधन र भाषण गरेर समय लिनेभन्दा पनि काममा समय दिनुपर्नेमा जोड दिए ।

“म धेरै बोल्न चाहन्न । बोल्नेभन्दा पनि कामै गर्नुपर्छ भन्ने हो,” उनले भने ।

उनले भवन उद्घाटनमा ठूलो कार्यक्रम गरिरहनु नपर्ने उल्लेख गरे । २२ वर्षको मेहनतले सम्पदा शैलीमा वडा भवन बनाएकाले आकर्षक देखिएको बताए । पशुपति क्षेत्रका सडकहरू चाँडो र तीव्र गतिमा बन्दै जाने विश्वास व्यक्त गरे ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू