चितवनमा कार र मोटरसाइकल ठोक्किदा एक सैनिकको मृत्यु, एक जना गम्भिर घाइते

एटुजेड समाचार

चितवन – भरतपुर महानगरपालिका–१ पोखरा बसपार्क नजिक कार र मोटरसाइकल ठोक्किँदा एक सैनिकको मृत्यु भएको छ भने एक जना गम्भिर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार विपद् ब्यवस्थापन गण रसौली ब्यारेकमा कार्यरत तनहुं भानु नगरपालिका–१२ बस्ने अन्दाजी २७ वर्षीय सिपाही निगम नेपाली सार्कीको मृत्यु भएको छ ।

मंगलवार साँझ ७ः२५ बजेको समयमा पोखरा बसपार्कबाट रामनगरतर्फ जाँदै गरेको बागमती प्रदेश०१–०२८ च ३२८९ नम्बरको कारमा बिपरित दिशाबाट आइरहेको ग २० प ८३१८ नम्बरको मोटरसाइकलको लेगाडले लाग्दा मोटरसाइकल अनियन्त्रित भई सडक छेउमा रहेको पर्खालमा ठोक्किएको थियो ।

मोटरसाइकल पर्खालमा ठोक्किदा नम्बर २ विपद् ब्यवस्थापन गण रसौली ब्यारेकमा कार्यरत तनहुं भानु नगरपालिका–१२ बस्ने अन्दाजी २७ वर्षीय सिपाही निगम नेपाली सार्की र बन्दिपुर गाउँपालिका–३ बस्ने वर्ष २६ को दिनेश थापा गम्भिर घाइते भएका थिए ।

सार्कीको उपचारको क्रममा चितवन मेडिकल कलेजमा राति ८ बजे मृत्यु भएको थियो । भने अर्का गम्भिर घाइते दिनेश थापाको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनक प्रवक्ता भेषराज रिजालले जानकारी दिए ।

कार चालक धादिङ धुनिबेसी नगरपालिका–७ बस्ने वर्ष ४२ को राजु भण्डारी र कार जिल्ला प्रहरी कार्यालयचितवनको नियन्त्रणमा रहेको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु