सेयर बजार फेरि ओरालोतिर, १६ अर्ब २० करोडको कारोबार

एटुजेड समाचार

काठमाडौं – नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ।  सेयर कारोबार साताको चौथो दिन बुधबार नेप्से परिसूचक २७.३२ अंकले घटेर २५३६.११ विन्दुमा अडिएको छ।

अघल्लो कारोबार दिन मंगलबा नेप्से परिसूचक ७५.३३ अंकले बढेर २५६३.४३ विन्दुमा पुगेको थियो। सो दिन १४ अर्ब ११ करोड मूल्यको सेयर कारोबार भएको थियो। नेप्से दोहोरो अंकले ओरालो लागेपनि कारोबार रकम भने मंगलबारको तुलनामा बढी हो।

यसदिन ३११ स्क्रिप्सको ४ करोड ७ लाख ४७ हजार कित्ता सेयर १६ अर्ब २० करोड ८५ लाख ७७ हजार ३१४ रुपैयाँमा खरिदबिक्री भयो।

दोहोरो अंकले घटेको बजारमा दुई कम्पनीको सेयर सकारात्मक सर्किट लभेलमा कारोबार भयो। बोटलर्स नेपाल (तराई) र एसियन हाइड्रोपावरको सेयर १० प्रतिशतले वृद्धि भएको हो।

यसैगरी चन्द्रगिरी हिल्सको ९.९७,समृद्धि फाइनान्सको ९.६५ र आरम्भ चौतारी लघु्वित्त वित्तीय संस्थाको सेयर ९.१७ प्रतिशतले बढ्यो। कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स शीर्ष स्थानमा रह्यो। सो कम्पनीको ३६ करोड मूल्य बराबरको सेयर कारोबार भयो।

शिवम् सिमेन्टको ३४ करोड मूल्य बराबरको सेयर कारोबार हुँदा अपर तामाकोशीको २९ करोड, हिमाल दोलखा हाइड्रोपावरको २३ करोड र सानिमा जीआसी इन्स्योरेन्सको २२ करोड मूल्य बराबरको सेयर कारोबार भयो।

दुई समूहको उपसूचकबाहेक अन्यको उपसूचक नकारात्मक देखिए। फाइनान्स र होटल्स एन्ड टुरिजम समूहको उपसूचक बढ्दा अन्य समूहको उपसूचक नकारात्मक देखिएका हुन्।

कारोबारमा आएका ४७ वटा स्टकको मूल्य बढ्दा १९४ वटाको घट्यो। दुईवटा स्टकको मूल्य भने स्थिर रह्यो।रासस

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू