काठमाडौं – परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा र अमेरिकी राजदूत डिन आर थम्पसनबीच भेटवार्ता भएको छ। शुक्रबार परराष्ट्र मन्त्रालयमा भएको भेटवार्तामा राजदूत थम्पसनले मन्त्री राणालाई बधाइ तथा शुभकामना दिँदै सफल कार्यकालको शुभकामना दिएका थिए।
भेटमा मन्त्री राणा र राजदूत थम्पसनबीच दुई देशको सम्बन्ध र विकास साझेदारीलगायत विविध पक्षमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।



नयाँ सरकार गठन भएसँगै विभिन्न देशका राजदूतहरूले प्रधानमन्त्रीसहित मन्त्रीहरूलाई भेटेर बधाइ तथा शुभकामना दिइरहेका छन्। आजै राजदूत थम्पसनले गृहमन्त्री रमेश लेखकलाई भेटेर बधाइ तथा शुभकामना दिएका थिए।