कृषिका विद्यार्थी माझ महाविर पुन: कृषि औजार कारखानलाई आधुनिकरण गरिने

एटुजेड समाचार

रामपुर – महाबिर पुनकाे वीरगन्ज स्थित कृषि औजार कारखाना पूनर्निर्माणार्थ सहयाेगकाे लागि वहाँ कै जीवनी बिक्रि गर्ने कार्यक्रम आज कृषि तथा वन विज्ञान विश्वविद्यालय, कृषि संकायमा महाविर पुन कै समुपस्थितिमा सम्पन्न भयाे।

कार्यक्रमा कृषि संकायका डि प्रा डा अर्जुन कुमार श्रेष्ठ, अनुसन्धान तथा प्रसार निर्देशक डा ऋषिराम कट्टेल लगायत प्राध्यापक, कर्मचारी तथा विद्यार्थीहरु, राष्ट्रिय मकैवालि अनुसन्धान कार्यक्रम र राष्ट्रिय गाई अनुसन्धान कार्यक्रमका वैज्ञानिकहरु साथै रामपुर इन्जिनियरिङ क्याम्पसका प्रतिनिधिहरुकाे उपस्थिति रहेकाे थियाे।

कार्यक्रमा विगतमा ब्लाक साेल्डर फ्लाइकाे अनुसन्धानमा कृवविवि र आविस्कार केन्द्रले सहकार्य गरेकाे स्मरण गर्दै महाविर पुनलाई रामपुरमा स्वागत गर्नुहुँदै डिन प्रा. डा. अर्जुनकुमार श्रेष्ठले आगामि दिनमा पनि सहकार्य गर्ने बताउनुभयाे।

अन्वेषणकाे क्षेत्रमा अनुकरणिय काम गरिरहनुभएका महाविर पुनलाई स्वागत गर्नुहुँदै कृषि संकायका उप प्राध्यापक अनन्तप्रकाश सुवेदीले राष्ट्रिय आविस्कार केन्द्र, वहायाे स्टेट विश्वविद्यालय र कृषि विश्वविद्यालय बिच हालै सम्झाैता भइ जलवायु परिवर्तन सम्बन्धि एउटा महत्वपूर्ण अनुसन्धान कार्य अघि बढि रहेकाे जानकारी दिनुभयाे।

कार्यक्रमा निकै उर्जाशिल मन्तव्य राख्नुहुँदै महाविर पुनले आफूले जीवनमा निकै संघर्ष गरेकाे, सरकारले धेरै झुक्काए पनि आफू हरेस नखाएकाे र आविस्कार केन्द्रलाई साथै वीरगन्जकाे कृषि औजार कारखाना सुरु गरेकाे र त्यसकाे आधुनिकिकरण र म्यानुएल अपरेशनमा अटाेम्याटिक अपरेशनमा लैजान कम्तिमा १० कराेड लाग्ने भएकाले त्यसका लागि आफ्नै जीवनि लेखेर किताब बैच्दै हिडेकाे जानकारी गराउनु भयाे।

आफ्नाे जीवनी पढेर युवाहरुलाई पक्कै पनि उत्प्रेरणा मिल्ने वहाँकाे दावि रहेकाे छ। साे अवसरमा सहभागिहरुले महाविर पुनकाे जीवनीमा आधारित पुस्तक किनेर अभियानमा सहभागिता जनाए।

केही समय महाविर पुनसँग विद्यार्थीहरुकाे प्रश्नाेत्तर कार्यक्रम पनि चलेकाे थियाे। प्रश्नाेत्तरका क्रममा महाविर पुनले राष्ट्रिय आविस्कार केन्द्रले भविस्यमा कसरी अघि बढ्न खाेजेकाे छ र त्यसमा कृषिका विद्यार्थी वा पढ्दै नपढेका विद्यार्थीले पनि याेगदान गर्न सक्ने र आविस्कार केन्द्र आएर अनुसन्धान गर्न कृषिका विध्यार्थीहरुलाई आह्वान गर्नुभयाे साथै अनुसन्धानका लागि लाग्ने सम्पूर्ण खर्च राष्ट्रिय आविस्कार केन्द्रले नै व्यहाेर्ने वहाँले जनाउनुभयाे।

अन्तिममा महाविर पुनले कृषि संकायकाे निरिक्षण भ्रमण पनि गर्नुभयाे। भविष्यमा थप साझेदारीमा काम गर्दै जनतालाई साच्चिकै फाइदा हुने प्रविधिकाे विकास गर्ने चाहना महाविर पुनले राख्नुहुँदै वहाँलाई रामपुरबाट विदाइ गर्दै कार्यक्रम सम्पन्न भयाे।

महाविर पुन माडि लगायत पश्चिम चितवनकाे भ्रमण सकेर भाेलीबाट केही दिन भरतपुरमा अभियान सन्चलान गर्दै पूर्व चितवन जाने कार्यक्रम रहेकाे छ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु