राष्ट्रपति भेट्न शीतल निवासमा प्रचण्ड

एटुजेड समाचार

काठमाडौं-  तेस्रो पटक सत्ता यात्रा टुंगिएसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतल निवास पुगेका छन् ।

संसद् भवनबाट बाहिरिएका उनी सिधै शीतल निवास पुगेका हुन् । उनले त्यहाँ राष्ट्रपतिसँग बिदाइ भेट गर्नेछन् ।

आफूले संसद्मा विश्वास प्राप्त गर्न नसकेकाले अब संविधानको धारा ७६ (३) अनुसार सरकार बन्नुपर्ने पक्षमा प्रचण्ड देखिएका छन् ।

उपाधारा ३ अनुसार सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुन्छन् । तर गत असार १७ गते नै कांग्रेसले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई उपधारा २ अनुसार प्रधानमन्त्री बनाउन सहमति गरिसकेको छ ।

उनीसँगै उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठ संसद् भवनबाट बाहिरिएका थिए ।

यसैबीच प्रचण्डले प्रतिनिधिसभामा विश्वासको मत जुटाउन नसकेपछि नयाँ सरकार गठनबारे राष्ट्रपति पौडेलले संविधानविदहरूसँग छलफल थालिसकेका छन् ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु