३ वर्षमा ४ हजार श्रमिकले विदेशमा गुमाए ज्यान

एटुजेड समाचार

काठमाडौं –  तीन वर्षको अवधिमा वैदेशिक रोजगारीमा गएका तीन हजार ९९८ जनाले ज्यान गुमाएका छन् । प्रतिनिधिसभामा आइतबार बजेटमाथिको मन्त्रालयगत छलफलको क्रममा उठेका प्रश्नको जवाफ दिने क्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले तीन वर्षको अवधिमा एक हजार २०७ जना अंगभंग भएको पनि जानकारी दिए ।

“वैदेशिक रोजगार बोर्डको तथ्यांक अनुसार आर्थिक वर्ष ०७८/०७९ देखि चालु आर्थिक वर्षको जेठ मसान्तसम्म वैदेशिक रोजगारीमा गएका नेपालीहरूमध्ये तीन हजार ९९८ को निधन तथा एक हजार २०७ जना अंगभंग भएका छन्,” उनले सदनमा भने ।मन्त्री अर्यालका अनुसार सरकारले मृतकका आफन्त र अंगभंग भएकाहरूका लागि दुई अर्ब ९ करोड ४६ लाख २२ हजार रुपैयाँ आर्थिक सहायता उपलब्ध गराएको छ ।रासस

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु