ताप्लेजुङ – ताप्लेजुङको टिप्ताला नाका शुक्रबारदेखि खुला गरिएको छ । नेपाल–चीनको सिमानामा रहेको यो नाका कोरोना महामारीयता बन्द थियो ।
लामो प्रयासपछि शुक्रबारदेखि नाका खुलेको फक्ताङलुङ गाउँपालिका-७ वडाध्यक्ष तथा चीनको तिब्बत डिङजी काउन्टी जानकार छेतेन लामाले बताए ।



लामाका अनुसार नाका खुला गरिएसँगै नेपालबाट ३० जना व्यापारी चीन प्रवेश गरेका छन् ।उनीहरुले नेपालमा उत्पादित गलैँचा, दूधजन्य पदार्थ घ्यू, छुर्पीलगायका सामग्री लगेका छन् । उनीहरु करिब १० दिनसम्म तिब्बतमा रहनेछन् ।