एमाले संसदीय बैठक जारी, संसद्को अवरोध र नीति कार्यक्रमबारे छलफल

एटुजेड समाचार

काठमाडौं – नेकपा एमाले संसदीय दलको बैठक जारी छ । आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद्‌मा उठाएको विषयमा छलफल चरिरहेको बताइएको छ ।

संघीय संसद् भवन नयाँ बानेश्वरको ल्होत्से हलमा बैठक बसिरहेको प्रमुख सचेतक महेश बर्तौलाले बताए ।

उनका अनुसार प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएको सहकारी ठगी प्रकरणको छानबिन गर्न संसदीय समितिको औचित्य नै नहुने एमालेको धारणा छ । 

उनले अबको बाटो र विकल्पका बारेमा छलफल भइरहेको बताए । यस्तै उनले सरकारले पेस गरेको नीति तथा कार्यक्रममा प्रभावकारी बनाउन पनि सांसदहरुले धारणा राखिरहेको बताए ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू