चितवन – चितवनको भरतपुरमा ईनारभित्र एक पुरुषको शव फेला परेको छ । आज विहिबार बिहान १२:३० बजेको समयमा भरतपुर महानगरपालिका १० स्थित ईनार भित्र नाम थर वतन नखुलेको बर्ष ३०/३५ को जस्तो देखिने पुरुष व्यक्तीको शव फेला परेको हो ।
उक्त पुरुषको डुबी मृत अबस्थामा रहेको भन्ने खबर प्राप्त हुना साथ उक्त स्थानमा चितवन कार्यालयबाट प्र.ना.उ., १७ नं. गण आँपटारीबाट स.प्र.ना.उ. र नेपाल आर्मीको विपद व्यवस्थापन सहितको टोली खटी गई इनारबाट उक्त शव १५:२० बजेको समयमा बाहिर निकाली प्रारम्भिक अनुसन्धान पश्चात घटनास्थल, लासजाँच मुचुल्का लगायत अन्य अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यलय चितवनले जनाएको छ ।
हाल सम्म शव सनाखत हुन सकेको छैन । उक्त व्यक्तिको हुलिया उचाई ५ फिट ५ ईन्च, वर्ण मंगोलियन जस्तो देखिने, कलेजी रङको चेनवाला हुडी, खरानी रङको टिसर्ट, खरानी रङको जिन्सको पाईन्ट, सेतो कालो रंगको कन्भर्स जुत्ता लगाएको निजको दाहिने पट्टिको छातिमा बच्चाको ट्याटु, बायाँ हातको नाडिको भागमा शिव भगवानको ट्याटु रहेको प्रहारिको भनाई छ ।