चितवन – चितवनमा राम नवमीको अवसरमा रथ यात्रा कार्यक्रम सम्पन्न भएको छ । आज (बुधबार) भरतपुर २ क्षेत्रपुर स्थित श्रीशेष लक्ष्मी नारायण मन्दिर र अन्तराष्ट्रिय कृष्ण भावना संघ (स्कन) को आयोजनामा रथ यात्रा कार्यक्रम आयोजना भएको हो ।
मन्दिरको २९ औं वार्षिक उत्सवका ५ दिने कार्यक्रम अन्तर्गत आज अन्तिम दिन राम नवमिको अवसर पारी रथ यात्रा कार्यक्रम आयोजना गरिएको मन्दिर संचालक समितिका अध्यक्ष एवम् स्वामी श्री पदमा आचार्यले बताए ।
रथ यात्रा कार्यक्रम मन्दिर परिसरबाट शुरु भई पोखरा बसपार्क हुँदै गोरेश्वर मन्दिर परीक्रमा गरी पुन : मन्दिरमा आएर समापन भएको थियो । रथ यात्रामा र्यालीसहित सयौँ भक्तजनको सहभागिता भएको थियो ।
२०६० साल देखी मन्दिरको सेवामा रहदै आएका मन्दिरका भुतपुर्व अध्यक्ष चागु नारायण श्रेष्ठले राम नवमिका दिन बिगत देखिनै रथ यात्रा आयोजना गरि मनाउदै आईरहेको बताए ।
त्यस्तै अन्तराष्ट्रिय कृष्ण भावना संघ (स्कन) चितवनका उपाध्यक्ष ममता न्यौपानेले राम नवमी पर्व उत्साहको साथ मनाएको बताईन् । साथै रथ यात्रा कार्यक्रम पश्चात भजन, कृतन, भागवत ज्ञानको चर्चा भएको थियो ।

