चितवनको राप्ती नगरपालिकामा टिपर र ट्रक ठोक्किँदा चार जना घाइते
चितवन – राप्ती नगरपालिका – १ पिप्ले स्थित पुर्बपश्चिम राजमार्गमा लोथरबाट भण्डारा तर्फ आउदै गरेको टिपर र ट्रक एकापसमा ठक्कर खाँदा चार जना घाइते भएका छन् ।
आज बीहना ७ बजे ना ७ ख ४५७८ नम्बरको टिपरले र बिपरित दिशा तर्फ जाँदै गरेको ना ८ ख ४०९३ नम्बरको ट्रकलाई ठक्कर दिँदा ट्रक घाइते हुनेहरुमा चालक मकवानपुर हेटौडा उपनगरपालिका – १६ बस्ने ३० वर्षीय साजन मगर मध्यम घाइते , ट्रकमा सवार चितवन राप्तीनगरपालिका -२ ब स्ने ३० वर्षीय अमित थापामगर सामान्य घाइते, ट्रकमा सवार मकवानपुर हेटौडा उपनगरपालिका – .१६ बस्ने ३० वर्षीय रमेश चौलागाँई मध्यम घाइते, टिफरको सहचालक मकवानपुर मनहरी उपनगरपालिका -६ बस्ने ३२ वर्षीय पुकार राई मध्यम घाइते भएको । चितवन प्रहरीका प्रवक्ता श्रीराम भण्डारीले जानकारी दिए ।
घाइते चारै जनाको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको उनले बताए । फरार रहेका टिपर चालकको खोजतलास भइरहेको भण्डारीले जानकारी दिए ।
तपाइँको प्रतिक्रिया