काठमाडौँ– नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला ४०० रुपैयाँले घटेको छ ।
महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ३१ हजार दुईसय र तेजाबी सुन १ लाख ३० हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ ।



यसअघि हिजो छापावाल सुन प्रतितोला १ लाख ३१ हजार ६ सय र तेजाबी सुन १ लाख ३० हजार ९५० रुपैयाँमा कारोबार भएको थियो ।
यता, आज चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला १ हजार ५४५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदीको मूल्य १ हजार ५३५ रुपैयाँ रहेको थियो ।