काठमाडौं – आयरल्याण्ड ए विरूद्ध शतक प्रहार गरेका नेपालका लोकेश बम १ सय ६ रनमा आउट भएका छन् ।
५२ बलमा ८ चौका र ८ छक्का प्रहार गर्दै शतक पूरा गरेका बमले त्यसपछिको ४ बलमा एक चौका हाने ।
लोकेशसँग नेपाल ए का आरिफ शेखले शतकिय साझोदारी गरेका थिए । आक्रामक साथ दिएका आरिफ २४ बलमा ४९ रन बनाएर खेलिरहेका छन् ।
त्रिवि मैदान कीर्तिपुरमा आयरल्याण्ड ए विरूद्ध २२३ रनको लक्ष्य पछ्याएको नेपाल ताजा अवस्थामा १६.२ ओभरमा १ सय ९२ रनमा खेलिरहेको छ ।