नारायणगढ – प्रथम आदिवासी जनजाति साँस्कृतिक तथा व्यापारिक महोत्सवको आज दास्रो दिन चर्चित लोक तथा दोहोरी गायक रामजी खाँण ठकुरीको प्रस्तुति रहनेछ। शुक्रबारबाट सुरू भएको महोत्सवमा रामजी खाँणसँगै स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति रहने साँस्कृतिक कार्यक्रमका संयोजक इश्वर रानामगरले जानकारी दिए।
महोत्सव अवधिभर ख्यातिप्राप्त कलाकारहरुको प्रस्तुति रहनेछ। पशुपति शर्मा, ज्योति मगर, श्याम रानामगर, अस्मिता डल्लाकोटी, अञ्जु कुश्मी, एलिना चौहानलगायतका कलाकारहरुको प्रस्तुति रहने छ। कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान चितवनको प्रस्तुतिसमेत हरेक दिन रहने कार्यक्रम संयोजक मगरले जानकारी दिए।