सुनको मूल्य स्थिर, कतिमा भइरहेको छ कारोबार ?

एटुजेड समाचार

काठमाडौं– नेपाली बजारमा शुक्रबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख १८ हजार रुपैयाँ र तेजाबी सुन १ लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।

महासंघका अनुसार सुन बिहीबार पनि सोही मूल्यमा कारोबार भएको थियो ।

त्यसै गरी, आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदी तोलामा १५ र रुपैयाँले घटेर तोलाको १३९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

बिहीबार चाँदी तोलाको १४०० रुपैयाँमा कारोबार भएको थियो ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू