बालिका बलात्कारको आरोपमा माओवादी पूर्वलडाकुका डिभिजन कमाण्डर पक्राउ

एटुजेड समाचार

हेटौंडा – मकवानपुरकी एक बालिका बलात्कारको अभियोगमा सिन्धुलीका पूर्वमाओवादी लडाकु कमाण्डर पक्राउ परेका छन् ।

फागुन ४ गते १३ वर्षीया बालिका बलात्कार गरेको अभियोगमा सिन्धुली मरिन गाउँपालिका ७ का हरि श्रेष्ठलाई पक्राउ गरिएको जिप्रका मकवानपुरका प्रवक्ता डिएसपी लक्ष्मी भण्डारीले बताए । उनलाई पहिलोपटक म्याद थप गरेर अनुसन्धान भइरहेको जानकारी भण्डारीले दिए ।

जनयुद्धकालमा प्रमोद नामले चिनिने श्रेष्ठ माओवादी जनमुक्ति सेनाको दोस्रो डिभिजन कमाण्डर थिए । उनी लडाकुलाई शिविरमा राखिएका बेला दुधौलीमा थिए ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू