रोटरी क्लबको आयोजनामा हुन लागेको मिनी म्याराथुनको तयारी ६० प्रतिशत सम्पन्न

एटुजेड समाचार

चितवन –  रोटरी क्लब अफ रत्ननगरको आयोजनामा यही फागुन १९ गते हुन लागेको मिनी म्याराथुनको तयारी तिब्र पारिएको छ । तयारी अन्तर्गत निमन्त्रर्णा गर्ने, धावकलाई दैडने बाटेको निरिक्षण गर्ने, सहयोगी संस्थाहरुको खोजी गर्ने लगाएतका कामहरु भईसकेको छ ।कार्यक्रमका संयोजक बिपिन पोख्रेलका अनुसार तयारीको काम ६० प्रतिशत सम्पन्न भएको छ ।

अनलाईन मार्फत फर्म भर्नेको संख्या ४५२ पुगेको उहाँले बताउनुभयो । म्याराथनमा ५ सय भन्दा वढि धावकलाई सहभागि गराउन नसकीने भएकाले फागुन ९ गतेबाट अनलाईन फम बन्द गर्न लागिएको उहाँले जानकारी दिनुभयो ।

प्रतियोगीतामा सहयोगी संस्थाको रुपमा भरतपुर महानगरपालिका, रत्ननगर नगरपालिका, एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज चितवन र महालक्ष्मि बिकास बैंक तय गरिएको उहाँले बताउनुभयो । नारायणी नदी किनारबाट रत्ननगरको हरिहर मन्दिरसम्म म्याराथुन दौड गरिने सडकमा ट्राफिक व्यवस्थापनको कामलाई समन्वय गरिएकको उहाँले बताउनुभयो ।

कार्यक्रम संयोजक पोखरेलले प्रतियोगितामा दुई किसिमबाट खेलाडी (धावक) हरुले प्रतिस्पर्धा गर्ने अवसर प्राप्त गर्ने बताउनुभयो । उहाँका अनुसार १५.५ किलोमिटरको खुल्ल प्रतियोगिता र ५ किलोमिटर दूरीको महिला लक्षित प्रतियोगिता हुने छन् ।१५.५ किमीको खुल्ला प्रतियोगिता नारायणी नदी किनारबाट शुरु भई हरिहर मन्दिर रत्ननगरमा समापन हुनेछ भने पाँच किमी दुरीको महिला लक्षित प्रतियोगिता भरतपुर महानगरपालिकाको जंंगल सीमाबाट प्रारम्भ भई सोही ठाउँमा समापन हुनेछ ।

१५.५ किमीको प्रतियोगितामा राष्ट्रिय धावक (खेलाडी) नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपालका राष्ट्रसेवक, आम सर्वसाधारण पनि सहभागि हुने छन् । सिमान्तकृत चेपाङ्ग समुदायका धावकहरुलाई विशेष प्रोत्साहन गरिने उहाँको भनाई छ ।

क्लबका अध्यक्ष हरिकुमार श्रेष्ठका अनुसार राष्ट्रिय प्रतिभाहरुको पहिचान एवं प्रबद्र्धन गर्न मिनी म्याराथुनको आयोजना गरिएको हो । भरतपुर महानगरपालिकाको आयोजनामा घुमौं भरतपुर भन्ने नाराका साथ फागुन १८ बाट शुरु हुने भरतपुर भ्रमण वर्षलाई समेत प्रबद्र्धन लाई समेत मध्यनजर गर्दै प्रतियोगिता गरिएको हो ।

उहाँका अनुसार १५.५ किलोमिटरतर्फको प्रतियोगितामा प्रथम हुनेलाई रु एक लाख नगद, प्रमाणपत्र र चाँदीको मेडल प्रदान गरिने छ । यसैगरी दोस्रो हुनेलाई रु ५० हजार प्रमाणपत्र र चाँदीको मेडल, तेस्रो हुनेलाई रु २५ हजार प्रमाणपत्र र चाँदीको मेडल, चौथो हुनेलाई रु १० हजार, पाँचौं हुनेलाई रु ५ हजार र छैठौंदेखि १० औंसम्मलाई रु ३ हजार रुपैयाँ नगद सहित प्रमाणपत्र वितरण गरिने छ । दूरी पूरा गर्ने सबै चेपाङ्गलाई रु.२ हजार नगद पुरस्कारको व्यवस्था रहेको छ ।

यसैगरी पाँच किलोमिटर महिला लक्षित प्रतियोगितातर्फ प्रथम हुनेलाई २० हजार प्रमाणपत्र र चाँदीको मेडल, दोस्रो हुनेलाई १० हजार प्रमाणपत्र र चाँदीको मेडल, तेस्रो हुनेलाई ५ हजार प्रमाणपत्र र चाँदीको मेडल, चौथो हुनेलाई ३ हजार, पाँचौं हुनेलाई २ हजार ५ सय, छैठौंदेखि १० औंसम्मलाई रु एक हजार नगद सहित प्रमाणपत्र प्रदान गरिने छ । दूरी पूरा गर्ने महिला चेपाङ्गलाई रु.१ हजार नगद प्रदान गरिने उहाँले जानकारी दिनुभयो ।

प्रथम पुरस्कार रु.१ लाख एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज चितवनले उपलब्ध गराउने भएको छ । क्लबले सन् २०१९÷२० मा पहिलो पटक मिनी म्याराथन आयोजना गरेको थियो । ं

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू