बिवाइडी चितवनको सेल्स रफ्तार बढ्यो : ८ महिनामै १५० प्लस युनिट गाडी बिक्री

एटुजेड समाचार

चितवन – बिवाइडी चितवनले बिक्री शुरु गरेको ८ महिनामै १५० भन्दा ३ युनिट बढी १५३ युनिट गाढी डेलिभरी गरिसकेको छ । श्रीपन्चमीको अवसरमा एक दिनमै ७ युनिट गाडी डेलिभरी गरेर छोटो समयमा १५० भन्दा ३ युनिट बढी गाढी बिक्री गर्न सफल भएको बिवाडी चितवनको आधिकारिक बिक्रेता युरो ग्रीन मोटर्स प्रा.लिका प्रवन्धक हरि प्रसाद शर्माले जानकारी दिए ।

इलेक्ट्रीक गाडी वातावरण मैत्री हुने , इन्धनमा अनावश्यक पैसा खर्च गर्नु नपर्ने, न्यून मर्मत खर्च आउने, आफ्नै देशको विद्युतको उपयोग गर्न पाइने अझ यो गाडिको सबैभन्दा राम्रो बिशेषता भनेको यस्को लुक्स, अत्याधिक सेफ्टी फिचर्स, अधिक रेन्ज र कम्पनिले आफै उत्पादन गर्ने ब्याट्री भएका कारण बिवाडी गाडी लिएको खरिदकर्ताहरुको भनाइ रहेको छ ।

बिवाडी लिन हेटौंडाबाट आएका आर्यन सिंह भन्छन् मेरो बुझाइमा सेफ्टी लेभल र ब्याट्रीमा त बिवाडीसङ्ग कुनैपनी ब्राण्डले कम्पियर गर्न सक्दैन र यो बजेट फेमिली कारमा पर्ने भएकाले पनि मैले बिवाइडी रोजेको हो । अर्का खरिदकर्ता डा.सन्दिप पाण्डे भन्छन् वातावरण मैत्री, गुड लुक्स, इन्धन र मर्मतमा न्यून खर्च ( कष्ट फ्रेण्डली ) भएका कारण मेरो रोजाईमा बिवाडी परेको हो । त्यस्तै अर्का ग्राहक दिपक चन्द्र भट्टराई भन्छन् यो गाडिको बारेमा बुझ्दा बिवाडी आफैमा राम्रो ब्रान्ड त्यस्मा पनि यो अलि बढी इको फ्रेन्डली, कष्ट फ्रेन्डली भएका कारण मैले बिवाडी गाडी रोजेको हो ।

१५० प्लस गाडी डेलिभरीको अवसरमा खुशी शेयर गर्दै बिवाडी चितवनका प्रवन्धक हरि प्रसाद शर्माले भने अझै धेरै गाडिहरु बुकिङमा छन् सर्ट सप्लाइका कारण डेलिभरी दिन सकिरहेका छैनौ गाडी आएपछी वहाँहरुलाइ पनि डेलिभरी दिन्छौं । पहिलो ६ महिनामा १०० प्लस युनिट गाडी बिक्री गरेका शर्मा उत्साहित हुँदै भन्छन् नेक्स्ट ६ महिनामा १२० प्लस युनिट गाडी बिक्री गर्ने लक्ष्यका साथ अगाडि बढेका छौ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू