चितवनमा फागुन १३ गतेदेखि दादुरा-रुवेलाको खोप लगाईने

एटुजेड समाचार

चितवन – चितवनमा फागुन १३ गतेदेखि दादुरा-रुवेलाको खोप अभियान शुरु हुने भएको छ । दुई चरणमा गरी हुने अभियान फागुन १३ गते शुरु भई चैत १ गतेसम्म चल्ने छ । ९ महिना पुरा भई १५ बर्षसम्मका बालबालिकाहरुलाई यो खोप लगाइने भएको हो ।

अभियानको क्रममा ९ महिनादेखि ५ वर्षमुनिका बालबालिकालाई दादुरा–रुबेला खोपका अतिरिक्त डिपिटि–हेप बी–हिव, पिसिभी र आईपिभि खोप समेत लगाईने छ भने ९ महिनादेखि १५ वर्षसम्मका सबैलाई दादुरा–रुबेला खोप लगाईने छ ।

पहिलो चरणमा भरतपुर महानगरपालिका, माडी नगरपालिका र इच्छाकामना गाँउपालिकामा खोप लगाईने स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिनेश रुपाखेतीले बताए । पहिलो चरणको खोप अभियान फागुन १३ गतेदेखी फागुन २१ गतेसम्म हुने छ ।

यस्तै दोस्रो चरणमा कालिका, रत्ननगर, खैरहनी र राप्ती नगरपालिकामा खोप लगाईने रुपाखेतीले जानकारी दिए । दोस्रो चरणको खोप फागुन २१ गतेदेखि चैत्र १ सम्म सन्चालन हुने उनले जानकारी दिए ।

No description available.

जिल्लाभर कुल १ लाख ६१ बालबालिकाहरुलाई यो खोप लगाउने लक्ष्य राखिएको स्वास्थ्य कार्यालय चितवनका क्षय–कुष्ठ अधिकृत जयराम दुवाडीले बताए । यसका लागि जिल्लाभर ७०० खोपकेन्द्र रहने उनले बताए । यो अभियानको लागि १६०० स्वास्थ्यकर्मी तथा २२०० स्वयंसेवक परिचालन गरिने छ ।

दुवाडीका अनुसार २५० जनाभन्दा बढी बालबालिका भएका संस्थागत र सामुदायिक विद्यालयमा खोप केन्द्र रहने छन् भने विद्यालय नभएका विभिन्न ठाउँहरुमा पनि खोप केन्द्र राखिने छ ।

दादुरा-रुवेलाको खोप गर्भवती, एड्स संक्रमित, केमेथेरापी वा उच्च क्षमताको औषधि सेवन गरिरहेका र कडा खालको ज्वरो भएका बालबालिकालाई भन लगाउन मिल्दैन ।

खोपको अभियान ९ महिनादेखी १५ बर्षसम्मा भएपनी कक्षा १० सम्म अध्ययन गर्ने सबै बालबालिकालाई दादुरा रुबेला खोप लगाईने उनले बताए ।

२०७९–८९ चितवनसहित १९ जिल्लामा दादुरा महामारीबाट एक हजार ३४९ जनामा दादुरा देखिएको थियो भने एक जनाको मृत्यु समेत भएको थियो । संक्रमित मध्ये ७४ प्रतिशत नौ महिनादेखि १५ वर्षमुनिका बालकालिका रहेका थियो । दादुरा–रुबेला रोग निवारण गर्ने सरकारको लक्ष्य भएकाले फागुन १३ गतेदेखी चितवन लगाएत देशैभर यो खोप सन्चालन गरिने भएको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू