ललिता निवास फैसला : एनआरएनएको करोडौँको सम्पत्ति जफत हुने

एटुजेड समाचार

काठमाडौं, फागुन ४- विशेष अदालतको फैसलासँगै गैरआवासीय नेपाली संघ (एनआरएनए)को बालुवाटारस्थित केन्द्रीय कार्यालय भवनसहितको जग्गा जफत हुने भएको छ ।

विशेष अदालतका न्यायाधीश खुसीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले ललिता निवास र त्यसले चर्चेको जग्गा सरकारका नाममा कायम हुनेगरी फैसला गरेसँगै एनआरएनएको सम्पत्ति पनि जोखिममा परेको हो।

शेष घले अध्यक्ष हुँदा एनआरएनएले बालुवाटारमा ३ रोपनी भन्दा धेरै जग्गा झण्डै १३ करोड रुपैयाँ खर्चिएर किनेको थियो । पछि सोही विवादित जग्गामा भवन बनाइएको थियो भने सोही स्थानबाट सचिवालयले काम गर्दै आएको छ ।

विश्वभरका गैरआवासीय नेपालीले दिएको चन्दा सहयोगमा यो सम्पत्ति किनिएको एनआरएनए अभियन्ताहरु बताउँछन् ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू