चितवन – नेपाल शैक्षिक परामर्श संघ (ई-क्यान) चितवनले सरस्वती पूजा तथा पुस्तक दिवसको अवसरमा शैक्षिक तथा जिन्सी सामाग्री वितरण गरेको छ । आज (बुधबार) ईक्यानले रत्ननगर नगरनगरपालिका वडा नम्बर ११ मा रहेको चेपाङ्ग संरक्षण केन्द्र, गामबेसी (चेपाङ्ग छात्राबास) मा रहेका छात्राहरुलाई शैक्षिक तथा जिन्सी सामाग्री वितरण गरेको ई-क्यान चितवनका उपाध्यक्ष प्रज्वल पौडेलले बताए ।
छात्रबासमा रहेका १४२ जना विद्यार्थीहरुका लागी करिब ५० हजार बराबरको सामाग्री ई-क्यान चितवनका अध्यक्ष दिपक चन्द्र भट्रराईले छात्राबासका अध्यक्ष केपि किरण शर्मालाई हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा बोल्दै अध्यक्ष भट्रराईले ई-क्यानले बिगतदेखी नै बालबालिकाको शैक्षिक गुणस्तरका लागि विभिन्न काम गर्दै आएकोमा सोही कार्यको निरन्तरता स्वरुप यस कार्यक्रमको आयोजना गरिएको बताए । उनले भविस्यमा पनि चेपाङ्ग समुदायको बालबालिकाको शैक्षिक प्रगतिका लागि सग्दो सहयोग गर्दै जाने प्रतिबद्दता समेत जनाए ।
कार्यक्रममा ई-क्यान चितवनका पुर्व अध्यक्ष हिम्मत पुरी, सदस्य सन्तोष लोहनी लगाएतले मन्तव्य राखेका थिए भने सदस्य डा. टंक ओझाले कार्यक्रम सन्चालन गरेका थिए ।