भरतपुर – छैटौं गणेशबहादुर स्मृति जिल्ला स्तरीय अन्डर २१ नकआउट फुटबलमा रामपुर एफसी विजयी भएको छ ।आज (मंगलबार) भएको खेलमा रामपुर कैलाश युथ क्लबलाई ३-० को हराएको हो ।
रामपुरको जितमा अतिक तामाङ, समीर श्रेष्ठ र चित्र कुमालले गोल गरे । अतिकले पहिलो हाफको १६ औं र समीरले १८ औं मिनेटमा गोल गते ।चित्रले दोस्रो हाफको आठौं मिनेटमा गोल गर्दै रामपुरलाई सहज जित दिलाए । रामपुरका चित्र म्यान अफ दि म्याच भए । उनलाई प्रमुख अतिथि भरतपुर ११ का वडाध्यक्ष कमलबहादुर मल्लले म्यान अफ दि म्याचको ट्रफ्री दिए ।
प्रतियोगितामा बुधबार दुई खेल हुनेछ । पहिलो खेलमा रिजेक्ट ७ गैंडाकोट र नारायणी एफसी भिड्नेछन् । खेल दिउँसो १ बजे हुनेछ । यस्तै दोस्रो खेलमा सेमिफाइनल प्रवेशका लागि भोजाड एफसी र पटिहानी एफसी भिड्नेछन् । खेल दिउँसो ३ बजे हुनेछ ।
युनिक क्लब भरतपुर ११ को आयोजनामा जारी प्रतियोगिताभरको सर्वोत्कृष्ट खेलाडीले ५ हजार तथा उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्स, स्ट्राईकर, सर्वाधिक गोलकर्ता र उदीयमान खेलाडीले जनही ३-३ हजार रुपैयाँ प्राप्त गर्नेछ । हरेक दिन म्यान अफ दि म्याचले २ हजार प्राप्त गर्नेछ ।